भ्यालेन्टाइनका लागि नेपाल भित्रियो १ लाख रातो गुलाब

174
  •  
  •  
  •  

romantic-couple-with-red-roseकाठमाडौ, १ फागुन(ओएनएस) : भ्यालेन्टाइन डेका दिनमा प्रेम साटासाट गर्नका लागि प्रयोग गरिने रातो गुलाब भारतबाट नेपालमा १ लाख वटा भित्रिएको छ ।

फ्लोरिकल्चर एसोसियसन नेपालका अनुसार भ्यालेन्टाइन डेका लागि भारतबाट नेपालमा १ लाख वटा रातो गुलाब भित्रिएको छ । नेपालको स्थानीय बजारबाट मात्र रातो गुलाबको माग पुरा हुन नसक्ने भएपछि भारतबाट उक्त परिणामको गुलाब ल्याउन लागिएको हो ।

फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले भने, ‘यो वर्ष भ्यालेन्टाइन डे का लागि हामीले भारतबाट करिब ४० लाखको रातो गुलाब भारतबाट आयात गर्दैछौ ।’

एशोसियसनाक अनुसार गत वर्ष भ्यालेन्टाइनका दिन नेपाली बजारमा करिब १ लाख ५० हजार रातो गुलाब खपत भएको थियो । ती मध्ये ९५ प्रतिशत गुलाबको फूल काठमाडौमा खपत भएको एशोसियसनले जनाएको छ । भारतमा गुलाबको मूल्य बृद्धी भएपछि नेपालका आयातकर्ताहरूले रातो गुलाबको आयात कम गरेका छन् ।

गैरेले भने, ‘हामीले एउटा गुलाबलाई गत वर्ष भन्दा १० रूपैयाँ बढि तिरिरहेका छौ ।’ गत वर्ष एउटा गुलाबको फूलको मूल्य करिब ७० रूपैयाँ थियो । यति हुँदाहुँदै पनि नेपालमा गुलाबको माग थपिएको छ  तर, उत्पादन भने आवश्यक मात्रामा हुन सकेको छैन् ।


  •  
  •  
  •