नेपाल आइडलबाट प्रमिला बाहिरिइन्

316
  •  
  •  
  •  

pramila
काठमाडौं, २८ साउन (ओएनएस) : नेपाल आइडलको ‘टप सेभन’ बाट प्रमिला राई बाहिरिएकी छन् । गाला राउण्ड अन्तर्गत शुक्रबार भएको ‘रिजल्ड’ मा दर्शकको भोटको आधारमा उनी ‘बटम थ्री’ मा पर्दै नेपाल आइडलबाट बाहिरिएकी हुन् ।

उनीसंगै ‘बटम थ्री’ मा सुजाता पाण्डे र प्रताव दास पनि परेका थिए । तर, त्यसमा पनि सबैभन्दा कम भोट पाएकै आधारमा प्रमिला नेपाल आइडलबाट बाहिरिन पुगेकी हुन् । अब नेपाल आइडलमा ‘टप सिक्स’ रहँदै सुरज थापा, प्रताव दास, सुजाता पाण्डे, सागर आले, बुद्ध लामा र निशान भट्टराई बाँकी छन् ।


  •  
  •  
  •