एमाले नेता नेपालको घरमा तोडफोड

104
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस) रौतहटमा रहेको एमाले नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । गौरमा निस्किएको मोर्चा कार्यकर्ताहरुको जुलुसले घरमा तोडफोड गरेको छ । तोडफोडबाट नेपालको घरका सीसा फुटेका छन् । घरमा कोही नरहेपनि घर तोडफोडबाट क्षति पुगेको छ ।

यसैबीच नेकपा एमालेले विज्ञप्ती निकाली तोडफोडको भर्सना गरेको छ । रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध व्यक्तिहरूले गरेको आक्रमण र तोडफोडप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ’ विज्ञप्तीमा भनिएको छ ।

मधेसकेन्द्रित दलहरुले यस्ता क्रियाकलापहरुलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ।


  •  
  •  
  •