नामिबियाद्धारा नेपाललाई १ सय ४३ रनको विजय लक्ष्य

320
  •  
  •  
  •  

nepal Cricketकाठमाडौ, ७ माघ(ओएनएस) : नामिबियामा भइरहेको आईसीसी वर्ल्ड डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले जितका लागि १ सय ४३ रनको विजय लक्ष्य पाएको छ । नामिबियाले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ५ बल अगाडी आफ्ना विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो ।

उसका लागि रेमण्ड भान स्चुरले सर्वाधिक २८ रन जोडेका थिए । जेपी कोट्जेले २७ रन, एल क्लाजिङ्गाले २४ रन जोडेका थिए ।

नामिबियालाई उक्त रनमा समेट्न करण केसीले ३ विकेट लिएका छन् भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिएका छन् ।

करण केसीले ६ ओभर १ बल बलिङ गर्दै १ मेडन राखेर १२ रन दिँदै ३ विकेट लिएका छन् । यस्तै, शक्ति गौचनले १० ओभर बलिङ गरेर २ मेडन राख्दै २२ रन दिएर २ विकेट लिएका छन् भने बसन्त रेग्मीले ८ ओभरमा २३ रन खर्चेर २ विकेट लिए र सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिएका छन् ।

पारस खड्काले पनि उत्कृष्ट बलिङ गरेका छन् । उनले विकेट नलिए पनि १० ओभरमा ३ मेडन राख्दै मात्र १९ रन दिएका थिए भने सागर पुनले ५ ओभर बलिङ गर्दै २३ रन खर्चेका थिए भने कुनै विकेट लिन सकेनन् ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •