युगाण्डाको उत्कृष्ट प्रदर्शन, नेपाललाई २ सय ४ रनको विजय लक्ष्य

185
  •  
  •  
  •  

ICCकाठमाडौ, ६ कात्तिक(ओएनएस) : आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत अहिले जारी खेलमा युगान्डाले४ नेपाललाई २ सय ४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको किनरारा क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको युगाण्डाले निर्धारित ५० ओभरमा  आफ्ना विकेट ८ गुमाउँदै १ सय रनको विजय लक्ष्य प्रस्तुत गरेको हो ।

खराब सुरूवात गरेको युगाणडालाई मध्यक्रममा दुई ब्याटस्म्यान मुकोबे र मासाबाले उकासेका थिए । यी दुईले छैटौ विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए । मुकाबेले ८४ र मासाबाले ५१ रन जोडेपछि नेपालले जितका लागि विशाल लक्ष्य पाएको हो । ८४ रन जोडेका मुकाबेलाई सागर पुनले र मासाबालाई बसन्त रेग्मीले आउट गरेका थिए ।

नेपालका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए भने सोमपाल कामी, बसन्त रेग्मीले समान २-२ विकेट र सागर पुनले १ विकेट लिएका थिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए । नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो ।


  •  
  •  
  •