राष्ट्र बैंकद्वारा नेपाल फाइनान्सलाई समस्याग्रस्त फाइनान्स घोषणा

314
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) : नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त फाइनान्सका रुपमा घोषणा गरेको छ । राष्ट बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निणर्य गरेको हो ।

साथै यस्ता फाइनान्सलाई सुध्रनका लागि ६ महिनाको समय दिइएको छ । ६ महिनासम्म पनि नसुध्रिए कारवाही अगाडी बढाइने बताइएको छ ।

सामान्यतया ५ प्रतिशत भन्दा कम खराव कर्जा भएको संस्थालाई राम्रो मानिन्छ । तर फाइनान्सको खराव कर्जा ५४ पुगिसकेको छ । राष्ट्र बैंकले खराव कर्जाको प्रतिशतलाई ६ महिनाभित्र ५ प्रतिशतमा  झार्न फाइनान्सलाई निर्दशन दिएको छ ।

समस्याग्रस्त घोषणा भएसंगै फाइनान्सले कर्मचारी भर्ना,निक्षेप संकलन तथा कर्जा प्रवाह गर्नमा रोक लागेको छ । निक्षेपकर्तालाई २ लाखभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकलाई सोध्नुपर्ने नियम छ ।


  •  
  •  
  •