जर्मनीको राजधानीमा नेपाल साँझ

1203
  •  
  •  
  •  

nepal_evening_02बर्लिन, ३० फागुन (ओएनएस) : जर्मनीको राजधानी बर्लिनमा आयोजित अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको तर्फबाट सहभागी पर्यटन व्यवसायीहरु र नेपाल भ्रमण गर्न इच्छुक जर्मन नागरिकहरुको सम्मानमा नेपाल संगीत साँझ सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ, जर्मनीले आफ्नो बर्लिन कमिटीसँगको सहकार्यमा आयोजना गरेको उक्त साँझमा नेपाल सरकारका पर्यटन राज्यमन्त्री बलबहादुर महत प्रमुख अतिथि थिए भने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशी विशिष्ट अतिथि।

जर्मनीका विभिन्न कलाकारहरुले नेपाली गीत र नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए । ‘कार्यक्रममा नेपालबाट आएका पर्यटन व्यवसायीहरु त खुशी भए नै, जर्मन नागरिकहरु पनि नेपालको संगीत र कलासँग रमाएको दृश्य निकै रोचक देखियो,’ एनआरएनए, जर्मनीका अध्यक्ष नवराज रोस्यारा भन्छन् ।

नेपाल साँझको सभापतित्व गर्ने अध्यक्ष रोस्याराले कार्यक्रम सकिएपछि भने, ‘नेपालमा पर्यटनलाई प्रवर्धन गर्न नेपाल साँझको आयोजना गरिएको हो । पर्यटन व्यवसायी, जर्मन नागरिक सबैले सन्तुष्टि जनाएर कार्यक्रमको प्रशंसा गरेकोमा हामीहरुको उध्येश्य सफल भएको छ। त्यसैले अबदेखि पर्यटन व्यवसायीहरु र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हरेक वर्ष नेपाल साँझ आयोजना गरिनेछ।’

मन्तव्य र संगीतको मिश्रित रुप दिएर कार्यम सञ्चालन गरिएको थियो । पर्यटन मेला भने मार्च ९ देखि १३ सम्म चलेका छ ।


  •  
  •  
  •