नेपाल विश्वकपको क्वाटरफाइनलमा

612
  •  
  •  
  •  

Nepal vs Ireकाठमाडौँ, १६ माघ(ओएनएस) : नेपाल यु-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा आयरल्याण्डमाथी शानदार जित दर्ता गर्दै दोस्रो चरणको सम्भावनालाई बलियो बनाएको नेपाल भारतले न्युजिल्याण्डलाई पराजित गरेपछि क्वाटरफाइनलमा प्रवेश गरेको हो । नेपाल यसरी दोस्रो चरणमा पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २००० मा नेपाल क्वाटरफाइनल पुगेको थियो ।

नेपाल र भारत दुवै टोली आफ्ना दुई खेलमा अपराजित रहँदै दोस्रो चरणमा पुगेका छन् भने न्युजिल्याण्ड र आयरल्याण्ड यस प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो भने भारतले न्युजिल्याण्डलाई १ सय २० रनले पराजित गरेको छ ।

नेपाल र भारतको समान ४-४ अंक भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ । अब समूहको विजेता र उपविजेताको तय भने सोमबार हुने भारत र नेपालबीचको खेलले निर्णय गर्नेछ ।

तस्विर : आइसीसी


  •  
  •  
  •