नेपाल र इंग्ल्याण्डबीचको मैत्रीपूर्ण खेल स्थगित

59
  •  
  •  
  •  

काठमाडौं । नेपाल र इंग्ल्याण्डबीचको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।  गत माघमा अखिल नेपाल फुटबल संघ एन्फा र इंग्ल्याण्ड फुटबल संघबीच  नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्याण्ड सि टिमबिच दुई खेल खेलाइने सम्झौता भएको थियो ।

कोरोना भाइरसको सम्भावित संक्रमणको कारण खेल स्थगीत भएका हुन् । नेपाल र बेलायतबीचको दुई सय चार वर्षको दौत्य सम्बन्ध पुरा भएको अवसरमा मैत्रीपूर्ण खेलमा आयोजना गर्ने र सहभागित हुने सम्झौता भएको थियो ।

एन्फा कम्पलेक्समा भएको सो सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्याण्डका लोरेन जोन्सले हस्ताक्षर गरेका थिए ।

पहिलो खेल आगामी मे २५ मा बेलायतमा अल्डरसट मैदानमा हुने तालिका रहेको थियो । दोस्रो खेल नेपालमा २०२१ मा हुने सम्झौता थियो । नयाँ मिती भने तय भएको छैन ।


  •  
  •  
  •