अमेरिकी लगानीको पहिलो रोजाईमा नेपाल

437
  •  
  •  
  •  

USA-Nepalकाठमाडौ, २६ मंसिर(ओएनएस) : अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमएमसी) बोर्ड अफ डाइरेक्टर्सहरूले विकासका लागि लगानी गर्ने प्रमुख देशको रूफमा नेपाललाई राखेको छ । एमएमसीको चौमासिक बैठकले नेपालमा ठुलो लगानी गर्ने निर्णय गरेको छ ।

यस्तै, कोस्टारिकालाई साना आयोजनाहरूमा लगानी गर्ने जनाएको छ । यस्तै, बोर्डले मंगोलिया र फिलिपिन्सलाई लगानीका लागी नयाँ राष्ट्रको रूपमा हेरेको छ । अर्थात् अब मंगोलिया र फिलिपिन्समा पनि लगानी गर्ने सोचमा बोर्ड रहेको जनाईएको छ । अमेरिकी राजदुतावासद्धारा जारी विज्ञप्तिमा पहिले देखी लगानी हुँदै आएका अन्य ६ देशमा पनि आयोजनाहरुको निर्माणलाई निरन्तरता दिने जनाएको छ ।

विश्वका गरिब राष्ट्रहरुमा गरिबी हटाउने कार्यमा काम गर्दै आएको अमेरिकाको विदेश सहयोग एजेन्सीको रूपमा रहेको एमएमसीले नेपालले अहिले लोकतन्त्रलाई अंगालेको र एमएमसीको नीतिसँग मेल खाएकाले नेपाललाई प्रमुख राष्ट्रका रूपमा राखिएको विज्ञप्तिमा जनाइएको छ । नेपाल र एमएमसी मिलेर विकासका थ्रेसहोल्ड कार्यक्रमहरुको निर्माण गरिएको बताउँदै नेपालको सघन विकासलाई उक्त कार्यक्रमले फाइदा पुर्याउने बताइएको छ ।

एमएमसीकी प्रमुख कार्यकारी निर्देशक डाना जे हाइडेले भनेकी छिन्, ‘नेपाल सरकारले लोकतन्त्र संस्थागत गर्न सफलतातर्फ उन्मुख भइरहेको छ । यस्तो अवस्थामा एमएमसी बोर्डले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालीहरुको जीवनस्तरलाई सुधार गर्नका लागि सहयोग गर्ने निर्णय गरेको छ ।’

बोर्डले बेनिन, लिसेथो, लाइबेरिया, मोरक्को, नाइजेरिया र तान्जानियामा विकासका आयोजनाहरू सुचारू गर्नका लागि समेत भोट गरेका थिए । यस्तै, बोर्डले फिलिपिन्स र मंगोलियाले सुशासनका लागि प्रतिबद्धता व्यक्त गरेकाले उनीहरुलाई छानिएको जनाएको छ । साथै बोर्डले ग्वाटेमालामा विकासका कार्यक्रमहरूका लागि २८ मिलियन बराबरको कार्यक्रम लैजाने भएको छ ।

के हो एमएमसी ?

मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमएमसी) अमेरिकाको विदेशी सहायता संस्था जसले स्वतन्त्र र नवीनतम रूपमा विश्वको गरिबीसँग लड्ने संस्था हो । यो संस्थाको स्थापना सन् २००४ जनवरीमा अमेरिकी कांग्रेसले गरेको हो । अमेरिकाका पूर्व राष्ट्रपति जोन केरी यस संस्थामा प्रमुख हुन् । यस्तै, यस संस्थामा राज्यका प्रमुख अंगका पदाधिकारीहरू पनि समावेश छन् । संस्थाका अन्य पदाधिकारीहरुमा ज्याकव ज लिऊ, माइकल फ्रोम्यान, राजीव शाह लगायतका रहेका छन् ।

बोर्डले नीतिगत सुधार, आर्थिक बृद्धीका अवसरहरूलाई केन्द्रित गरेर आफ्ना कार्यहरू गर्दै आएको छ । यस्तै कस्ता समस्याहरु आए र कस्ता कामहरू गर्न सकिन्छ, कस्ता गर्न सकिदैन सबै विषयहरुको अध्ययन गर्ने गर्छ । बोर्डले गरिबी न्युनिकरणका लागि विकासलाई प्रभावकारी, सुधारात्मक रूपमा लैजाने कार्य गर्छ ।


  •  
  •  
  •