२३ वर्षपछि नेपाल साग च्याम्पियन, भारत पराजित

268
  •  
  •  
  •  

काठमाडौँ, ३ फागुन(ओएनए) : २३ वर्षपछि नेपाल दक्षिण एसियाली खेलकुद(साग)को फुटबलमा च्याम्पियन बनेको छ । नेपालले भारतलाई २-१ गोलअन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । योसँगै नेपालको जारी साग खेलकुदमा स्वर्णको संख्या ३ पुगेको छ ।

खेलमा भारतले अग्रता लिएपनि नेपालले दोस्रो हाफमा कमब्याक गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको ३५ औँ मिनेटमा हरिचरण नर्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए र पहिलो हाफ १-० मा नै टुङ्गिएको थियो ।

तर, दोस्रो हाफमा नेपाल लयमा फर्किएको थियो । खेलको ६६ औँ मिनेटमा नेपालले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै प्रकाश बुढाथोकीले उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा पुर्‍याए । यसपछि खेलको मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नवयुगको गोल पनि हेर्न लायक थियो ।

नेपालले सन् १९९३ पछि पहिलोपटक फुटबलमा स्वर्ण पदक हात पारेको हो । नेपालले ५ पटक सागको फाइनलमा खेलेकोमा ३ वटामा जित हासिल गर्न सफल भएको छ । नेपालले सन् १९८४ र सन् १९९३ मा पुरूष फुटबलमा उपाधी जितेको थियो भने १९८७ र १९९९ मा पराजय बेहोरेको थियो ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै, भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।

महिला फुटबलमा नेपाल पराजित, रजतमै सिमित


  •  
  •  
  •