च्याम्पियन बन्ने लक्ष्य सहित नेपाल मैदानमा

324
  •  
  •  
  •  

काठमाडौं २४ वैशाख (ओएनएस) : एसीसी प्रिमियर लिग क्रकेटमा नेपालले आज अफिगानिस्तानको सामना गर्दैछ । लीगमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । अफगानिस्तानलाई हराउन सके शीर्ष स्थानमा रहेर नेपालले प्रतियोगिताको अन्त्य गर्नेछ।
बलियो अफगानिस्तानसँगको जित र अर्को खेलमा आफूअनुकूल नतिजाले मात्र नेपाललाई ६ राष्ट्रसम्मिलित प्रतियोगिताको अग्रस्थानमा पुर्‍याउने छ। बुधबार नै अर्को अर्को खेलमा ओमान र युएई भिड्दैछन्। तीन खेल जितेका नेपाल, अफगानिस्तान र ओमानको समान ६ अंक छ।
अफगानिस्तान सन् २००४ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा एसिसी ट्रफीको प्लेट फाइनलमा नेपालसँग पराजित भएको थियो। त्यसयता अफगानिस्तानले सबैखाले क्रिकेटमा नेपाललाई निराश बनाउँदै आए पनि अघिल्लो महिना बंगलादेशमा त्यसलाई तोडेको छ।
ट्वान्टी–२० विश्वकपको समूह चरणमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। बंगलादेशमा प्राप्त सफलताले बुधबार अफगानसँग खेल्दा नेपाली खेलाडीको मनोबल उच्च रहनेछ।

  •  
  •  
  •