श्रीलंका भ्रमणको लागि नेपाली क्रिकेट टिम घोषणा

446
  •  
  •  
  •  

canकाठमाडौं १९ कात्तिक (ओएनएस) : नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणको लागि राष्ट्रिय टिम घोषणा गरेको छ । क्यानले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो ।

नेपाली टिममा करण केशीले पहिलो पटक स्थान पाएका छन् । नेपाली टिमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर अस्वस्थ भएपछि करणले नेपाली टिममा पहिलो पटक स्थान पाएका हुन् । एसियाली क्रिकेट काउन्सिल (एसीसीको हाइ पर्फमेन्स् कार्यक्रमअन्तर्गत नेपालले श्रीलंका भ्रमण गर्न लागेको हो ।

आगामी शुक्रबारबाट श्रीलंका प्रस्थान गर्ने नेपाली टिमले हङकङस“ग ३ ट्वान्टी–ट्वान्टी र एक एकदिवसीय म्याच खेल्नेछ । यस्तै श्रीलंका ११ स“ग २ वटा तीन एकदिवसीय खेल खेल्नेछ । आगामी जनावरीमा नामीबियामा हुने डिभिजन–२ को तयारीको लागि भ्रणम फलदायी साबित हुने क्यानले जनाएको छ ।

नेपालको खेल तालिका
पहिलो तीन एकदिवसीय – श्रीलंका ११ बिरुद्ध – नोभेम्बर ९–११
दोस्रो तीन एकदिवसीय – श्रीलंका ११ बिरुद्ध – नोभेम्बर १४–१६
पहिलो टि–२० – हङकङबिरुद्ध – नोभेम्बर १९
दोस्रो टि–२० – हङकङबिरुद्ध – नोभेम्बर २०
तेस्रो टि–२० – टि–२० – हङकङबिरुद्ध – नोभेम्बर २२
एक मात्र एकदिवसीय – हङकङबिरुद्ध – नोभेम्बर २४

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी, अनिल कुमार मण्डल, करण के.सी., प्रदीप ऐरी, सुवास खकुरेल, शक्ति प्रसाद गौचन, वसन्त रेग्मी, भुवन कार्की, सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाऐर, राजेश पुलामी
म्यानेजर – शैलेश कुमार चौधरी, प्रशिक्षक – पुवुद बाथिया दशानायके, सहायक प्रशिक्षक – महेश प्रसाद रिजाल, टेक्निकल एनेलिस्ट – रमन सिवाकोटी

 


  •  
  •  
  •