हङकङ विरुद्धको खेलका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट

154
  •  
  •  
  •  

nepali cricket team
काठमाडौं, २१ भदौ (ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपालले दोस्रो चरणमा १८ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाले खेलाडीको नाम घनोट गरेका हुन् । टोलीमा यसअघि घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सौरभ खनाल भने अटाएनन । यस्तै टिमका नियमित सदस्य स्पिनर शक्ति गौचन पनि असस्थताका कारण हङकङ विरुद्धको खेल नखेल्ने भएका छन् ।

एसीसी अन्डर नाइन्टिन छनौट खेल खेल्ने दिपेन्द्र र संदिप पनि टोलीमा छन् । दिपेन्द्र अन्डर नाइन्टिन टिमका कप्तान हुन् । यस्तै, टोलीमा ललित, कुशल र सुसिल पहिलो पटक सिनियर टोलीको १८ जनामा पर्न सफल भएका हुन् ।

नेपाली टोलीले हङकङ संगको खेलको तयारीका लागि असोक एक गतेदेखि भारतको चेन्नेइमा गएर अभ्यास गर्नेछ । दश दिनको चेन्नेइ बसाइमा नेपालले स्थानिय टिमसंग चार वटा अभ्यास खेल खेल्नेछ । भारतबाट फर्किएपछि नेपालले हङकङ जाने अन्तिम टोलीको घोषणा गर्नेछ । नेपाल र हङकङ बीचको खेल असोज २७ र २९ गते हुनेछ ।

टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल, नरेश बुढाएेर, ललित सिंह भण्डारी, सन्दिप लामिछाने, महबुब आलम, जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, आरिफ शेख, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी परेका छन् ।


  •  
  •  
  •