हङकङ विरुद्धको खेलका लागि नेपाली टीम घोषणा

222
  •  
  •  
  •  

nepal cricket
काठमाडौं, ३० साउन (ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली टिम घोषणा भएको छ । प्रारम्भिक टिममा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

अक्टोबर १३ देखि १५ मा हङकङमा हुने प्रतियोगिताका लागि घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नया अनुहार पनि परेका छन । चोटका कारण टिममा पर्न नसकेकको सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाएका छन ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले पछिल्लो एक बर्षमा भएका विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका छन् । तर खेलाडी छनोटका लागि कुनै औपचारीक प्रतियोगिता भने आयोजना नगरिएको प्रशिक्षक टमाटाले बताए।

टीममा पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, शुसिल कडेल, नरेश बुढाऐर, अविनाश कर्ण, लितसिंह भण्डारी, सन्दिप लामीछाने, विक्रम सोब, मेहबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, आरिफ शेख, हसिम अन्सारी, सुसन भारी, सागर पुन, दिपेन्द्रसिंह ऐरी, सुनिल धमला, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी र सोमपाल कामी परेका छन् ।

यसपटक टिममा पृथु बास्कोटाले स्थान पाएनन भने सुवास खकुरेल चोटका कारण बाहिर छन । यस्तै अन्डर नाइन्टिनका पुर्व खेलाडी प्रेम तामाङलाई पनि पहिलो चरणमा स्थान दिइएन । टिमको प्रशिक्षण भदौको दोस्रो साता देखि हुने भनिएपनि अझै यकिन हुन सकेको छैन ।


  •  
  •  
  •