नेपालले विश्व क्रिकेट लिग खेल्न पाउने

139
  •  
  •  
  •  

काठमाडौ, १४ माघ (ओएनएस) :  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बुधबार बसेको बोर्ड बैठकले नेपाल र केन्यालाई आईसीसी विश्व लिगच्याम्पियनसीपमा सहभागिता जनाउन दिने निर्णय गरेको छ । आईसीसीले  अघिल्लो हप्ता नामिबियामा भएको आईससी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा तेस्रो भएको केन्या र चौथो भएको नेपाललाई पनि डिभिजन वानकै मान्यता दिएको हो ।

यो निर्णयपछि नेपालले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ भने चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ । यसअघि डिभिजन–२ मा पहिलो र दोस्रो हुने टिमले पनि डिभिजन वानको मान्यता पाउने निर्णय भएपनि आईसीसी नेपाल र केन्यालाई पनि मौका दिएको हो ।

२०१५ को मध्य तीर हुने च्याम्पियनसीपमा नेपाल र केन्यासँगै अब हङकङ, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्यू गिनी, स्कटल्यान्ड र यूएईले सहभागिता जनाउनेछन् ।

यस्तै आयरल्यान्ड र अफगानिस्तालाई सोझौ विश्वकप छनोटमा स्थान दिइएपछि नेपाल र केन्याले वल्र्ड क्रिकेट लिग खेल्न पाउने भएका हुन् ।

आयरल्यान्ड र अफगानिस्तानले चार दिवसीय, पहिलो श्रेणीको इन्टरकन्टीनेन्टल कप २०१५–१७ मा हङकङ, नामिबिया, नेरल्यान्ड्स, पपुवा न्यूगीनी, स्कटल्याण्ड र यूएईसँग प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचार्डनका अनुसार एसोसिएट र एफिलिएट राष्ट्रलाई मौका प्रदान गर्न यो निर्णइ गरिएको हो यसअघि ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरुपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो ।

अब आइसिसीले डिभिजन २ का शार्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने छ ।


  •  
  •  
  •