तीनदिवसीय क्रिकेटमा नेपाल पराजित

423
  •  
  •  
  •  

Cricketकाठमाडौं, २५ कात्तिक (ओएनएस):  श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो तीनदिवसीय खेलमा पराजित भएको छ ।

श्रीलंकाको कुरुनेगाला कम्बाइन ११ ले नेपाली टिमलाई ८७ रनले पराजित गरेको हो । अन्तिम दिन जीतको लागि २९९ रनको लक्ष्य पछ्याएको नेपाल २११ रनमा अलआउट भयो ।

नेपाली टिमको आशाको रुपमा रहेका राजेश पुलामी मगर ९५ रनमा आउट भएपछि बाँकी विकेट लगातर झरेको थियो । पहिलो श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको यो उच्च स्कोर हो । नेपाली राष्ट्रिय टिम डेब्यु गरेका राजेशले १७३ बलमा ११ चौका प्रहार गरे ।

नेपालको इनिङलाई कमजोर पार्न श्रीलंकन टिमका चामीकारे एडिरिसिंगेले ६ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकन टिमले पहिलो पारीमा ३४७ रन बनाएको थियो । जवाफमा आफ्नो पहिलो पारी सुरुवात गरेको नेपाल खराब ब्याटिङ गर्दा १८७ रन मा अलआउट भयोको थियो ।

नेपालको लागि कप्तान पारस खड्काले ५९ रन बनाएका थिए भने सोमपाल कामीले ४९ रन बनाएका थिए । दोस्रो इनिङमा श्रीलंकाली टिमले ८ विकेटको क्षतिमा १३८ रन बनाउदा इनिङ समाप्तिको घोषणा गरेको थियो । नेपालको लागि पहिलो इनिङमा ५ विकेट लिएका सोमपालले दोस्रो इनिङमा पनि ३ विकेट लिए ।

नेपाली टिमले हङकङसग ३ ट्वान्टी–ट्वान्टी र एक एकदिवसीय म्याच खेल्नेछ । यस्तै श्रीलंका ११ सग २ वटा तीन एकदिवसीय खेल खेल्नेछ । आगामी जनावरीमा नामीबियामा हुने डिभिजन–२ को तयारीको लागि भ्रणम फलदायी साबित हुने क्यानले जनाएको छ ।

नेपालको बाँकी खेल तालिका
दोस्रो तीन एकदिवसीय – श्रीलंका ११ बिरुद्ध – नोभेम्बर १४–१६
पहिलो टि–२० – हङकङबिरुद्ध – नोभेम्बर १९
दोस्रो टि–२० – हङकङबिरुद्ध – नोभेम्बर २०
तेस्रो टि–२० – टि–२० – हङकङबिरुद्ध – नोभेम्बर २२
एक मात्र एकदिवसीय – हङकङबिरुद्ध – नोभेम्बर २४

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी, अनिल कुमार मण्डल, करण के.सी., प्रदीप ऐरी, सुवास खकुरेल, शक्ति प्रसाद गौचन, वसन्त रेग्मी, भुवन कार्की, सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाऐर, राजेश पुलामी
म्यानेजर – शैलेश कुमार चौधरी, प्रशिक्षक – पुवुद बाथिया दशानायके, सहायक प्रशिक्षक – महेश प्रसाद रिजाल, टेक्निकल एनेलिस्ट – रमन सिवाकोटी


  •  
  •  
  •