अघिल्लो संविधानसभाका विवादित र सहमति भएको विषयको निक्र्यौल

157
  •  
  •  
  •  

आज समितिको बैठक
काठमाडौं, २३ वैशाख (ओएनएस) : अघिल्लो संविधानसभामा विवादित रहेका र सहमति बनेका विषयको निक्र्यौल भएको छ । संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल समितिले अब सहमति र असहमतिका विषय छुट्याएर थप अध्ययन गर्ने भएको छ ।
समिति अन्र्तगतका ६ वटा उपसमितिले मंगलबार विषयगत प्रतिवेदनमा रहेका संविधानको प्रारम्भिक मस्यौदामा रहेका सहमति र असहमति निक्र्याेल सहितको प्रतिवेदन पेस गरेपछि अध्ययन समितिले छलफल गर्नेछ । समितिका सदस्य एमाले नेता भीम रावलले निक्र्यौलको काम सकिएकाले अब संविधान लेखनको काम अगाडि बढ्ने बताए ।
अघिल्लो संविधानसभामा रहेका विषयगत समितिका विषयहरुलाई निक्र्यौल गर्न ६ वटा उपसमिति बनेका थिए । उपसमितिले अध्ययन गरी तयार गरेका प्रतिवेदन समितिमा पेस गर्ने समय मंगलबार सम्मका लागि दिइएको छ । समितिको बैठक विहान ११ बजे बस्ने तय भएको छ ।
क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको बैठक पनि बस्दै
संविधानसभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा सभासदको क्षमता अभिवृद्धिका विषयमा बनाउने कार्यक्रमबारे छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

  •  
  •  
  •