सत्ता साझेदार दलबीचको बेमेलले सरकारले पूर्णता पाउन सकेनः सिंह

75
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । गणेशमान सिंहको २५ औँ स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिह फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले सत्ता साझेदार दलबीचको बेमेलले सरकारले पूर्णता पाउन नसकेको बताएका हुन् ।

नेता सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका साझा उम्मेदवार तय हुने सम्भावना बाँकी नै रहेको समेत नेता सिंहले बताए ।

नेता सिंहले पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका स्थानमा बिधिबिधान अनुसार नै अधिवेशन हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेता सिंह लगायतका नेताहरुले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

सिंहले राणाशासन, पञ्चायन अन्त्यका लागि भएको आन्दोलनमा निर्णायक भुमिका निर्वाह गरेका थिए । उनले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।


  •  
  •  
  •