निजामती कर्मचारीको अध्यक्षमा ओली गठबन्धनका देवकोटा निर्वाचित

262
  •  
  •  
  •  

kedar-devkotaनेपालगन्ज, १ पुस (ओएनएस) :  नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा निर्वाचित भएका छन् ।

नेपालगन्जमा सम्पन्न महाधिवेशनबाट ओली–नेपाल  गठबन्धनका  देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले खनाल–पोख्रेल  गठबन्धनका वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २५ मतले पराजित गरेका हुन् । देवकोटाले ३ सय ७१ मत ल्याए भने घिमिरेले ३ सय ४७ मत पाए ।

बरिष्ठ उपाध्यक्षमा ओली–नेपाल गठबन्धनकै लेखनाथ कोइराला ४ सय १७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ईश्वरीप्रसाद ढकालले २ सय ९७ मत पाए ।

महासचिवमा खनाल–पोख्रेल  गठबन्धनका  रेवन्त गौतम ४ सय ६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३ सय ५ मत पाप्त गरे ।

उपाध्यक्षमा भवानी न्यौपाने दाहाल (महिला) विजयी भएकी छन् । उनले मञ्जु कोइरालालाई पराजित गरेकी हुन् ।
उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत र सीताराम घिमिरे पराजित भएका हुन् ।

कविसिंह कठायत प्रदेश नम्बर ५ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि विहीबार निर्वाचन भएको थियो ।

याे पनि पढनुहाेस्

एमाले कर्मचारीमा ओली–नेपाल गठबन्धन


  •  
  •  
  •