काठमाडौंसम्मको रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीन सहमत

नेपालबाट रेल चढेर चीन आउने सपना छ : पराष्ट्रमन्त्री
421
  •  
  •  
  •  

काठमाडाैं, ५ वैशाख (अाेएनएस) : नेपाल र चीन केरुङ–काठमाडौंसम्मको रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सहमत भएका छन्।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बुुधबार नेपाल र चीन परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस(हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका हुन्।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार दुबै पक्ष सकेसम्म चाँडो द्विपक्षीय संयन्त्रको बैठक गर्न तथा सम्झौताका सर्तहरुलाई अन्तिम रुप दिन सहमत भएका छन्।

बेइजिङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्री वाङले नेपालको विकासका लागि यसअघि भएका सम्झौता सहमति कार्यान्वयनका लागि गम्भीर रहेको बताए। रेलमार्ग बनेमा चीन– नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउने उनको विश्वास छ।

परराष्टमन्त्री ज्ञवालीले नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने सपना रहेको बताए।

दुवैपक्ष आपसी विश्वास तथा पूर्वाधार, व्यापार, पर्यटन, संस्कृति सहितका विभिन्न क्षेत्रमा मिलेर काम गर्न तयार रहेको उनले बताए। तातोपानी नाका सञ्चालनका लागि चिनियाँ पक्षसँग कुराकानी भएको ज्ञवालीले जनाए।

द्वीपक्षीय भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले तातोपानी नाका सञ्चालन, तातोपानी, रसुवागढी पुल र अरनिको राजमार्ग पुन निर्माणमा चिनियाँ समकक्षीको ध्यानाकर्षण गराएका थिए।


  •  
  •  
  •