चीनबाट नेपालका रेल सुरु ,पनि नेपाली पक्ष बेखबरजस्तै

215
  •  
  •  
  •  

काठमडौं ३१ बैशाख ।

चीनबाट नेपालका लागि पहिलो कार्गाे रेल सुरु भए पनि नेपाली पक्ष बेखबरजस्तै छ । बेइजिङस्थित दूतावासले समेत यो कार्यक्रमबारे आफूहरूलाई जानकारी नभएको बताएको छ । ‘मैले पनि मिडियामा सुनो, तर हामीलाई जानकारी गराइएको छैन,’ कार्यबाहक राजदूत निर्मलराज काफ्लेले नयाँ पत्रिकासँग भने ।

  • त्यस्तै, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि पछिल्लो विकासको विषयमा आफूहरूलाई जानकारी नभएको बताए । ‘मैले पनि सञ्चारमाध्यममा पढेँ, यसबारे सरकारलाई औपचारिक जानकारी आएको छैन,’ उनले भने ।
  • तर, यो यातायातलाई सहज बनाउन चिनियाँ पक्षले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई भने एक साताअघि नै आग्रह गरेको थियो । यो विषयमा छलफल गर्न लान्चोउका मेयर युआन चौनथिङले वैशाख २३ गते ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूसँग भेट गरेका थिए ।
  • के–के सामान आउँदै छन् भनेर जानकारी दिन महावाणिज्य दूतावासले सूची मागेको थियो । तर, विवरण उपलब्ध गराइएको छैन । बरु बिहीबार उपमेयर चौउ वान्तहानले ल्हासामा फेरि नेपाली अधिकारीसँग भेटेर केरुङ भन्सारमा सहज बनाइदिन आग्रह गरेका थिए ।
  • ‘हामीले सामानको सूची उपलब्ध गराउन आग्रह गरेका छौँ,’ ल्हासास्थित नेपाली कार्यबाहक महावाणिज्यदूत पुरुषोत्तम ढुंगेलले नयाँ पत्रिकासँग भने, ‘उपलब्ध नभए भन्सार सहजीकरण गर्न गाह्रो हुन्छ ।’
  • नेपालबाट स्प्रिङ इन्टरनेसनल प्राइभेट लिमिटेडले यो रेल ‘रिजर्भ’ गरेको हो जसमा विभिन्न व्यापारीका सामान छन् । स्प्रिङ इन्टरनेसनलका किशोर बस्नेत व्यवस्थापकीय निर्देशक हुन् । कोसिस गर्दा पनि उनीसाग सम्पर्क हुन नसकेको महावाणिज्य दूतावासले जनाएको छ । ‘केही पनि जानकारी नहुँदा हामी अलमलमा छौँ,’ ढुंगेलले भने ।
  • तातोपानी नाका सञ्चालन नहुने अवस्थामा रसुवामार्फत सामान ढुवानी गर्न लान्चोउका डेपुटी पार्टी सेक्रेटरी युताओ माओ गत फागुन २१ मा रसुवा हुादै काठमाडौं पुगेका थिए । उनले चीनबाट सामान आयात गरिरहेका व्यापारीलाई भेटेर व्यापार सहज बनाउने आश्वासन दिएका थिए । नयाँपत्रिकाबाट

  •  
  •  
  •