नेपाल–चीन आर्थिक समितिको एघारौँ बैठक बेइजिङमा हुने

366
  •  
  •  
  •  

china-nepal-flagकाठमाडौँ, २९ मंसिर(ओएनएस) : नेपाल–चीन संयुक्त आर्थिक एवम् व्यापार समितिको एघारौँ बैठक बेइजिङमा हुने भएको छ ।

आगामी बुधबार र बिहिबार हुने उक्त बैठकमा सात वर्षअघि काठमाडौँमा सम्पन्न बैठकको समीक्षा गरिनुका साथै आगामी आर्थिक वर्षमा द्धीपक्षीय आर्थिक एवं व्यापार बिस्तारका थप क्षेत्रका सम्बन्धमा छलफल हुने बताइएको छ ।

अर्थमन्त्रालयका अनुसार बैठकमा चीनसँगको व्यापार घाटा घटाउने, चिनियाँ लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन बढाउने तथा पारस्परिक लाभका विषयमा छलफल हुनेछ । साथै बेइजिङबाट मुलुकको आर्थिक उन्नयनका क्षेत्रमा सहयोग बृद्धिसम्बन्धी विषयलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा भाग अर्थसचिव सुमनप्रसाद शर्मा नेतृत्वको १० सदस्यीय टोली बेइजिङ्ग जानेछ ।

नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहजरुपमा पुर्याउने, नेपालमा सञ्चालित परियोजनामा चिनियाँ ठेकदार र कामदारका कारण उत्पन्न समस्याको निराकरणका उपाय खोज्नेबारेमा पनि उच्च अधिकारीबीच छलफल हुने बताइएको छ ।

सन् २०१५/१६ मा चीनले सहायता रकम दोब्बरले बृद्धि गर्ने तयारी गरिरहेको र बैठकमा सहमतिसमेत हुनसक्ने सम्भावना रहेको बताइएको छ ।


  •  
  •  
  •