चीनसँग सम्झौता गर्न नेपाली टोली भोलि बेइजिङ जाँदै

132
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) : चीनसँग इन्धन सम्झौता गर्न सरकारी अधिकारीको टोली शुक्रबार बेइजिङ जाने भएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन फर्किएपछि शुक्रबार  सरकारी टोली सम्झौता गर्न जान लागेको हो ।

चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिए।

उनले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि आज (बिहीबार) मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने बताएपनि टिकट नमिलेका कारण भोली अर्थात् शुक्रबार त्यसतर्फ जाने भएको हो । त्यसतर्फ जाने प्रतिनिधिमण्डलले सबै प्रक्रियाको टुङ्गो लगाउनेछ ।

पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको छ ।


  •  
  •  
  •