नेपाललाई जस्तोसुकै सहयोग गर्न चीन तयार

306
  •  
  •  
  •  

काठमाडौं ११ असोज (ओएनएस) :
चीनले नेपालाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएकाृ छ । चिनियाँ रराष्ट्रपति सी जिनपिङले नेपाललाई सहयोग गर्न चीन तयार रहेको बताए । उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग न्युयोर्क गरेको भेटवार्तामा उनले त्यस्तो प्रतिवद्धता जनाएका छन् । संयुक्त राष्ट्रसंघको ७०औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित उच्चस्तरीय राउन्ड टेबल ‘साउथ–साउथ कोअपरेसन’ का अवसरमा उक्त भेट भएको हो।

राष्ट्रसंघीय महासभामा पहिलो पटक सहभागी चिनियाँ राष्ट्रपति सीले उपप्रधानमन्त्री सिंहसँग भूकम्पपछिको पुनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए। ‘नेपाली जनताको चाहनाअनुरूप चीन अघि बढ्न तयार रहेको बताएका थिए ।


  •  
  •  
  •