‘नेपाल र भारतको सम्बन्ध राम्राे छ, कसैले बिगारेर बिग्रिदैन’ : प्रधानमन्त्री ओली

479
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सम्बन्ध राम्राे रहेकाे बताएका छन्। प्रम ओलीले भने,’नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर विग्रिदैन’

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारतको सम्बन्ध बहुआयमिक र मैत्रीपूर्ण भएकाले कसैले बिर्गान नसक्ने दाबी गरे।

‘नेपाल र भारतका बीचमा सदियौँदेखि बहुआयामीक सम्बन्ध छ। त्यो सम्बन्ध मैत्रीपूर्ण छ। कहिले-कहिले कसैकसैले बिर्गान खोजे पनि त्यो बिगार्न सजिलो छैन’, प्रधानमन्त्री ओलीले भने, ‘खासगरी हामीले हाम्रा भावना र समस्या स्पष्ट ढंगले मैत्रीपूर्ण ढंगले राख्यौँ भने हाम्रा हितलाई उसले सुन्नुपर्छ।’

प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीन दुबैसँग नेपालको सम्बन्ध मित्रता पूर्ण र सन्तुलित रहेको समेत बताए।

 


  •  
  •  
  •