नेपाल–भारत सीमा सुरक्षा बैठक सकियो

85
  •  
  •  
  •  

पोखरा । नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

बुधबारबाट शुरु भएको छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भयो । तर विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाउन सकेन् ।
सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको जनाइएकोछ ।

टोली बिहीबारै काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमकाबीच बैठक समापन गरिएको हो ।


  •  
  •  
  •