‘नेपाल भारतको नवउपनिवेश बन्दै’

203
  •  
  •  
  •  

narayanman bijukchheकाठमाडौ, २५ चैत(ओएनएस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान बिजुक्छेले प्रकियामै गएर पनि संविधान जारी गर्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले आयोजना गरेको अन्र्तरसंवादमा बिजुक्छेले देशको विचार प्रस्तुत् गर्ने माध्यम प्रक्रिया नै भएकाले ३० दलसँग नेमकिपाको भिन्न मत रहेको बताएका छन् ।

बिजुक्छेले भने, ‘ नेपालमा जब जब अन्दोलन हुन्छ तब तब भारतले नेपाली सिमा अतिक्रमण गर्ने गरेको छ ।’ यसको पछिल्लो उदाहरण हिजो भएको अन्दोलनमा समेत देखा परेको बिजुक्छेको भनाई छ । उनले भने, ‘गौरमा भएको आन्दोलनपश्चात भारतीय सैनिकहरूले गोली चलाउँदै नेपाल र नेपालीको संवेदनशिलताको मापन गरेको छ ।’

बिजुक्छेले नेपाल भारतको नवउपनिवेश बन्दै गएकाले सबै पक्ष यसबाट सजक रहनुपर्नेमा जोड दिएका छन् । उनले सबै क्षेत्रमा भारतको दवाब रहेका भन्दै भारतीय धर्म गुरूहरू भारतको एजेण्ट भएर नेपालमा धार्मिक क्षेत्र कव्जा गर्न लागि परेको आरोप लगाए ।

उनले भने, ‘ नेपाली सुरक्षा निकायका चिफहरू प्रोटोकल भूल्दै जसरी भारतीय राजदुतावास धाउने गरेका छन् र कति चिफहरूको घर समेत भारतमै भएकाले सुरक्षा निकायमा समेत हस्तक्षेप बढ्ने क्रमजारी छ । नेपालको आर्थिक र सास्कृतिक पक्ष तहस नहस पार्दै भारतले कब्जाको रणनीति बनाएकाले सबै पक्ष सजग भएर राष्ट्रियता बचाउने तर्फ अग्रसर बन्नु पर्छ ।’

भारतले दुवै पक्षको सम्झौतालाई उलंघन गर्दै जसरी नेपाललाई डुबान पार्ने गरि बाँध बाँध्धै लगेको छ । यसले भारतको हेपाहा प्रवृती प्रष्ट देखिएको उनको कथन थियो । उनले भने, ‘नेपालको सगरमाथामा गएर जसरी भारतीय सेनाले अवलोकन गर्दै कब्जाको दिशातर्फ अग्रसर बनेको देखिन्छ । यसले सगरमाथाको पहिचानमा समेत दुविधा श्रृजना गर्न भारत लागीपरेको छ ।’

नेपालको शिक्षा क्षेत्रमा रणनीतिक रुपमा आफ्नो पाठ्यक्रम लागू गर्न विद्यालय सञ्चालन गर्दै आएको र विभिन्न नाममा छात्रवृद्धी वितरण गरेर नेपालभित्र भारतीय भक्त उत्पादनमा लागेको बताएका छन् । उनले शैक्षिक मफीयारूले जनक शिक्षा सामाग्री केन्द्रलाई समाप्त पारेर भारतमा पुस्तक छपाई आर्थिक लाभ लिनका लागि परेको आरोप लगाए ।

तिब्बतका धर्म गरु दलाई लामालाई भारतले संरक्षण दिएर छिमेकी देशहरू बीच तनाव उत्पन्न गर्दै लाभ लिने दाउमा भारत लागेको र त्यसको प्रत्यक्ष प्रभाव नेपाललाई पर्ने उनको भनाई थियो ।


  •  
  •  
  •