नेपालको सानदार जित, क्यानडा ७ विकेटले पराजित

220
  •  
  •  
  •  

काठमाडौ, ६ माघ (ओएनएस) : आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । नामिबियामा भैरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो ।

क्यानडाले दिएको ११५ रनको झिनो लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्याे । नेपालको जितमा कप्तान पारस खड्काले ७७ रनको योगदान गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट ३२ र बिनोद भडाण्री १ रनमा अविजित रहे । त्यसअघि ओपनरहरु सुवास खकुरेल र नरेश बुढाएर लगातार आउट भएपनि पारस र ज्ञानेन्द्रको जोडिले उत्कृष्ट ब्याटिङ गरे । सुवास र नरेश दुबै खाता नै नखोलि पेभिलिन फर्केका थिए ।

त्यसअघि युवा बलर करण केशीले ५ विकेट लिएर सनसनी मच्चाएपछि नेपालले क्याडनालाई ४२.२ ओभरमा ११४ रनमा अलाउट गर्न सफल भयो । करणले १० ओभरमा २ मेडन राखेर २६ मात्र दिए । यस्तै सोमपाल कामीले २ विकेट लिए भने पारस, शक्ति गौचन र सागर पुनले १–१ विकेट लिए । क्यनडाको लागि साम्सीराञ्जितले सबैभन्दा बढि नटआउट ३५ रन जोडे ।

यसअघि नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दा पहिलो खेलमा युगाण्डासँग २ रनले हारेको थियो ।


  •  
  •  
  •