बारमा केसी मैनालीभन्दा ५ सय मतले अगाडि

202
  •  
  •  
  •  

काठमाडौँ, २५ चैत(ओएनएस) : नेपाल बार एसोसियसनको केन्द्रीय नेतृत्वका लागि भएको निर्वाचनको मतगणना बिहिबार पनि जारी छ ।

एसोसियसनको निर्वाचन समितिले अपरान्ह सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक समूहका शेरबहादुर केसी नेतृत्वको प्यानल अगाडि रहेको छ ।

अध्यक्षका लागि भइरहेको मतदानमा केसी आफ्ना प्रतिद्वन्द्वी विजयकान्त मैनालीभन्दा करिब ५ सयले अगाडि रहेका छन् । पछिल्लो मतगणनामा केसीले २७ सय ६३४ मत ल्याएका छन् भने मैनालीले २२ सय २८ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा केसी समूहका खम्मबहादुर खातीले २५८९ र मैनाली समूहका दिनमणि पोखरेलले २२०३ मत पाएका छन् ।

कोषाध्यक्षमा केसी समूहका ज्ञानरत्न शाक्ले २५७७ र मैनाली समूहका हरिबहादुर खड्काले २१२१ मत ल्याएका छन् ।


  •  
  •  
  •