सर्वोच्चका न्यायाधीशको पदावधिबारे अध्ययन गर्न बारले समिति बनाउने

126
  •  
  •  
  •  

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्षमात्रै हुनुपर्ने भनी अघि सारेको प्रस्तावबारे छलफल गर्न एक समिति बनाउने भएको छ ।

नेपाल बार एशोसिएसनको ४९ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदावधिका बकारेमा अध्ययन गर्न समिति बनाउन नेपाल बार एसोसिएसनको कार्यसमितिलाई निर्देशन दिएको हो ।

कार्यकारिणी परिषदले उक्त अध्ययन प्रतिवेदन आगामी राष्ट्रिय समितिमा पेश गर्नपनि कार्यसमितिलाई निर्देशन दिएको छ । गत १२ असोजमा सुर्खेतमा सम्पन्न नेपाल बार एसोसिएसनको वार्षिक साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।


  •  
  •  
  •