नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमवीका सिइओ

306
  •  
  •  
  •  

601641_510420035643648_1431768550_nकाठमाडौं, १७ मंसिर(ओएनएस) : एनएमवी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ उपेन्द्र पौडेल नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध भएका छन् ।

नयाँ नेतृत्वको लागि भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि पौडेलले मात्र मनोनयन दर्ता गरेपछी निर्विरोध भएका हुन् ।

आगामी शुक्रवार हुने संघको साधारण सभाले विजयी उम्मेदवारको घोषणा गर्ने छ । त्यस्तै संघको उपाध्यक्ष पदमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मनोनयन दर्ता गराएका छन् ।

संघमा दुईजना उपाध्यक्षको पद रहेको भएपनि ग्राण्ड बैंकका सिइओ बाहिरीएपछी एउटा पद खाली थियो ।


  •  
  •  
  •