नेपाल बैंक लि.को सिइओमा दुर्गा कँडेलको आवेदन(को हुन् कँडेल)

1316
  •  
  •  
  •  

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा दुर्गा कँडेल (छत्कुली)ले आवेदन दिएकी छन् । अन्तिम दिन मंगलबारसम्म कँडेलसहित १४ जनाको आवेदन परेको बैंकले जनाएको छ ।

बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नको लागि सार्वजनिक सूचना आह्वान गरेको थियो । निवेदन दिनेमा दुर्गा कँडेल (छत्कुली)सहित रामदेव यादव, अरुण कुमार ढुंगाना, पूर्ण प्रसाद आचार्य, मुरारी प्रसाद अर्याल, कृष्ण बहादुर अधिकारी, सुन्दर पन्थी, शेषरमण आचार्य, पुष्पराज भण्डारी, राजुनाथ खनाल, गोबिन्द प्रसाद दाहाल, अशोक खड्गी, शंकर कुमार रायमाझी, डिल्लीराम शर्मा रहेका छन् ।

छनौटमा परेका उम्मेदवारमध्ये ३ जनाको लागि नियुक्तिको लागि सिफारिस गरिने र एक जना नियुक्त हुने बैठकले जनाएको छ । देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि बैंकको सीइओ पद रिक्त रहेको छ ।

दुर्गा कंडेल

को हुन् कँडेल

कँडेल (छत्कुली) २०६१ सालमा नेपाल बैंक लिमिटेडमा अफिसर(तह छैटौं)बाट सेवा प्रवेश गरी विभिन्न शाखाहरुमा विभागिय जिम्मेवारीहरु सहज र सफल रुपमा निर्वाह गर्दै आएकी छन् ।

कर्जा, अपरेशन व्यवस्थापन सेवा, रेमिटान्स, पेन्सन तथा सामाजिक सुरक्षा जस्ता बैंकिङ कारोवारसँग सम्बन्धित सम्पूर्ण कामका साथै कम्प्लायन्स अफिसर, सहायक शाखा प्रवन्धक र शाखाप्रबन्धक (तह आठ)को नेतृत्वदायी भुमिकामा रहेर जिम्मेवारी बहन गरेको उनीसँग अनुभव छ ।

कँडेल नेपाल बैंक लिमिटेडमा चौध वर्ष काम गरी २०७५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाद्धारा छनौट भइ मुख्य प्रबन्धक (तहदश) पदमा कार्यरत छिन् । उनी राष्ट्रिय वाणिज्य बैंकको जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभागमा विभागीय जिम्मेवारीमा रहँदा बैंकको रिस्क एसिस्मेन्ट अभ्यास प्रतिवेदन साथै रिस्क रजिस्टर तयार गरी नयाँ काम गरेको अनुभव छ । उनले सम्पति व्यवस्थापन तथा कानून विभागको जिम्मेवारी समेत बहन गरेको बैंक श्रोतले जनाएको छ ।
हाल उनी राष्ट्रिय वाणिज्य बैंकको सबै भन्दा ठुलो शाखा मुख्यशाखा कार्यालय, विशाल बजारको प्रबन्धकको रुपमा कार्यरत छिन् ।

कान्तिपुर, गोरखापत्र लगायतका राष्ट्रिय दैनिकमा उनका आर्थिक लेखहरु निरन्तर आइरहन्छन् ।
वित्तीय क्षेत्रमा नेतृत्वदायी भुमिकाको जिम्मेवारी बहन गर्न इच्छुक कडेल एक्लो महिला उम्मेदवार हुन् ।
धादिङ ज्वालामुखी –७ घर भएकी कँडेलले एम.वी.एस., एम.पी.ए.,एल.एल.वी र वी.एड. गरेकी छिन् । बैंकिङ करियरभन्दा अगाडी उनी प्राध्यापन पेशामा आवद्ध थिइन् ।


  •  
  •  
  •