बंगलादेशसँगको आर्थिक सम्बन्ध विस्तारमा जोड

108
  •  
  •  
  •  

   काठमाडौं २४ भदौं (ओएनएस) ः बंगलादेशको ढाकामा रहेको नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले नेपाल र बंगलादेशको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रतिनिधिहरुले नेपालको आर्थिक अवस्था बारे जानकारी लिदै दुई देश बीचको आर्थिक सम्बन्धलाई अझ मजबुद बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिमण्डलको नेतृत्व गरेका बंलगादेशका लेफ्टिनेन्ट जनरल मोल्लाहफाज्लि अक्बरले नेपालको आर्थिक वातावरणका विषयमा अध्ययन गर्न नेपाल  भ्रमणमा आएको बताए ।
साथै नेपाल बंगलादेशको एकदमै महत्वपूर्ण छिमेकी र मित्रराष्ट्र भएको उल्लेख गर्दै नेपाल र बंगला देशबीच आर्थिक सम्बन्ध विकासका प्रशस्त संभावना रहेको औल्याए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आइरहेको जानकारी गराए । साथै निजी क्षेत्रमा पनि अर्थतन्त्रप्रति आत्मविश्वास बढ्दै गएको बताए ।

हालै भारतसँग भएको उर्जा व्यापार सम्झौताको प्रारम्भिक हस्ताक्षरले नेपालमा जलविद्युत क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।


  •  
  •  
  •