आमहड्तालले जनजीवन प्रभावित

247
  •  
  •  
  •  

काठमाडौं २४ चैत (ओएनएस) : सरकार विरुद्ध ३० दलले गरेको आमहड्तालका कारण काठमाडौं उपत्यकासहित देशभरीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता बिहानै शहरका चोक चोकमा बसेर नारावाजी गरिरहेका छन् ।

आमहड्तालका कारण अस्पताल जाने विरामी, दुध बोक्ने गाडी लगायत अति आबश्यकीय सेवामा बढी प्रभाव परेको छ । आजदेखि सुरु हुने परीक्षा र चलिरहेका विद्यालयको परीक्षालाई असर गरेको छ ।

बन्दका क्रममा बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको ट्याक्सीमा आगजनी भएको छ ।  कोटेश्वर नजिकै पार्किङ गरिराखेको  बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।  सवा ५ बजेतिर नै बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ। नजिकै रहेको बसमा पनि क्षति पुगेको छ ।

बन्द गराउदै हिडेका बन्दकर्ताहरु प्रहरीले ठाउँ ठाउँबाट पक्राउ गरेको छ । बन्दकर्ता हिमाल शर्मा, रेणु दाहाल, हर्क केसी, सागर तामाङ र अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेत लगायतका पक्राउ परेका छन्।  काठमाडौंको बिजुली बजारबा पुलबाट पक्राउ गरेका उनीहरुलाई तिनकुनेलप्रहरी कार्यालयमा राखिएको छ ।

आजदेखि हुने आमहड्तालका रुपमा २१ लाख श्रमिक काम विहीन हुने भएका छन् ।

सरकारले पनि आमहड्तालमा हुने तोडफोडजस्ता घटनालाई रोक्न सुरक्षाकर्मी तैनाथ गरिएको छ । चोक चोकमा बाक्लो सख्यामा शसस्त्रको फौज तैनाथ गरिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले अप्रीय घटना रोक्न बिहान चारबजेदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको बताए ।  मोर्चाको बैठकले आमहड्ताललाई सफल बनाउन सबै शक्ति लगाउने निर्णय गरेको छ । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म आमहड्ताल कायम रहनेछ ।  ।

आमहड्ताल नगर्न आग्रह गरेपनि मोर्चाको बैठकले आमहड्ताल फिर्ता लिन आएको दबाबलाई पनि अस्वीकार गरेको छ ।


  •  
  •  
  •