फिफा वरियतामा ६ स्थान माथी उक्लियो नेपाल

341
  •  
  •  
  •  

काठमाडौँ, २५ चैत(ओएनएस) : फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । फिफाले जारी गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७९ स्थानमा रहेको छ । नेपाल यसअघि १ सय ८५ औँ स्थानमा रहेको थियो ।

बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल र साग फुटबलको उपाधि जितेपछि नेपालले फिफा वरियतामा उक्लने अवस्था सिर्जना गरेको हो ।

नेपाल दक्षिण एसियामा पाँचौ स्थानमा रहेको छ । नेपालभन्दा अगाडि अफगानिस्तान १४७ औँ, माल्दिभ्स १६० औँ, भारत १६२ औँ र बंगलादेश १७७ औँ स्थानमा रहेका छन् । यस्तै, नेपालभन्दा पछाडि भुटान १८६ औँ, श्रीलंका १८७ औँ र पाकिस्तान १९० औँ स्थानमा रहेका छन् ।

फिफा वरियाताको शीर्ष स्थानमा अर्जेन्टिना पुगेको छ । बेल्जियमलाई पछि पार्दै अर्जेन्टिना पहिलो स्थानमा उक्लिएको हो भने बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, चिली तेस्रो, कोलम्बिया चौथो र विश्वविजेता जर्मनी पाँचौ स्थानमा रहेका छन् ।

यस्तै, महिला फुटबलमा नेपाल १ सय १२ औँ स्थानमा रहेको छ । अघिल्लो महिना १ सय १४ स्थानमा रहेको नेपाल २ स्थान माथि उक्लँदै १ सय १२ औँ स्थानमा आइपुगेको हो ।


  •  
  •  
  •