‘नेपाली सेनाले आतंकवादबाट देशलाई जोगाउन प्रयास गर्नुपर्छ’

133
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरीपाटी,भक्तपुर अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले नेपाली सेनाले देश र देशवासीको सुरक्षामा पु-याएको बलिदान प्रशंसनीय रहेको बताएका हुन् ।

नेपाली सेनाको व्यवसायिक कार्यकुशलता, इमान्दारी र कर्तव्य परायण जस्ता सद्गुणले संयुक्त राष्ट्र संघ जस्तो विश्व संस्थाले नेपाली सेनालाई विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाको लागि जिम्मेवारी दिदै आएको पनि प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय विपत्ति र संकटका घडीहरूमा व्यवसायिक ढंगले इमान्दारीपूर्वक परिचालित हुनपर्ने बताउँदै आतंकवादबाट देश र जनतालाई जोगाउन हरसंभव प्रयास गर्नपर्छ । नेपाली सेनाले देश र देशवासीको सुरक्षामा पु-याएको बलिदान प्रशंसनीय छ ।’

नेपाली सेनाको यही व्यवसायिक कार्यकुशलता, इमान्दारी र कर्तव्य परायण जस्ता सद्गुणले संयुक्त राष्ट्र संघ जस्तो विश्व संस्थाले नेपाली सेनालाई विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाको लागि जिम्मेवारी दिदै आएको पनि प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्रीलेसहायक सेनानी दर्जामा नियुक्त हुन लाग्नु भएका नेपाल, बंगलादेश, केन्या र नाईजेरियाका नव–आयुक्त अधिकृतहरूलाई पुनःवधाई दिदै तपाईहरुको सफलता,उत्तरोत्तर प्रगति र उज्वल भविष्यको कामना समेत गरे ।


  •  
  •  
  •