राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ पराजित

177
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) :  राष्ट्रिय एकदिवसीय क्रिकेटको नेपाल आर्मी क्लबले जितेको छ । किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफ क्लबलाई ५ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङको निम्तो दिएको नेपाल आर्मीको लागि १ सय ६५ रनको लक्ष्य एपिएफले प्रस्तुत गरेको थियो । १ सय ६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नेपाल आर्मीले प्रस्तुत लक्ष्य ४० ओभरमा ५ विकेटको क्षतिमा पार गर्याे आर्मीको जीतमा नरेश बुढाऐरले नटआउट ५३ रनको पारी खेल्दा राजेश पुलामीले नटआउट ३६ रन जडे । कप्तान बिनोद भण्डारी ४८ रनको योगदान गरेका थिए । बलिङतर्फ एपीएफका बसन्त रेग्मीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको निधारित ४५ ओभरको खेलमा एपीएफले ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको योगफल खडा गरेको थियो । खेलमा एपीएफको लागि लागि बसन्त रेग्मीले ३७ तथा प्रदीप ऐरीले ३३ रन जोड्न सफल भए । एपीएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जीतेन्द्र मुखिया ३ तथा अभिनाश कर्ण र सागर पुनले समान २÷२ विकेट हात पारे ।

जीतसंगै आर्मीले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । यस्तै उपबिजेता एपिएफले एक लाख २५ हजार सहित रनर ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान आर्मीका अनिल मण्डल (२८२ रन) बलर बैतडीका कमल ऐरी (१६ विकेट), इमजिङ प्लेर्यस बैतडीका योगेन्द्र कार्की (१४ विकेट, १३२ रन) बन्दै नगद २०÷२० हजार हात पारे । उता प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आर्मीका महेश क्षत्री (३८४ रन) बन्दै नगद रु ३० हजार हात पारे ।


  •  
  •  
  •