दर्ज्यानी चिन्ह प्रदान

138
  •  
  •  
  •  

काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

श्रेष्ठलाई यहि असोज १२ गते बसेको मन्त्रिपरिषद् निर्णयले उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक श्रेष्ठलाई इन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थित थियो ।

 

 


  •  
  •  
  •