सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’

ढिलो गर्दैछन् सरकार र आयोग
205
  •  
  •  
  •  

काठमाडौं, २१ पुस : सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि इन्क्वायरी थालेको छ।

सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो। सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ।

सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा. विष्टमाथि इन्क्वायरी सुरु गरिएको बताएकाे खबर अाजकाे नयाँपत्रिका दैनिकमा छ।

उनले भने, ‘कृषि विकास बैंकको रकम हिनामिनामा संलग्नता हुनसक्ने आधार फेला परेको छ। प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो। सोही आधारमा उहाँमाथि इन्क्वायरी थालिएको छ।’

इन्क्वायरीपछि दोषी ठहर भए उनीमाथि कोर्ट मार्सलसम्मको कारबाही हुन सक्छ। सैनिक प्रवक्ता सहायक रथी भण्डारीले भने, ‘अहिले प्रारम्भिक चरणको छानविन हुँदै छ।

छानविनबाट दोषी ठहर भए कानुनबमोजिम कारबाही हुन्छ। दोषी नदेखिए इन्क्वायरी फुकुवा हुन्छ। सत्य तथ्य बाहिर आउनेछ।’ कृषि विकास बैंक न्युरोड शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरेको थियो।

अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रुपमा सिआइबीले पक्राउ गरेको थियो। हिनामिना भएको रकम खोज्दै जाने क्रममा रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन्। त्यसपछि सिआइबीले डा. विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो।


  •  
  •  
  •