यी हुन् नेपाल र चीनबीच भएका सम्झौता

367
  •  
  •  
  •  

काठमाडौँ, ८ चैत(ओएनएस) : नेपाल र चीनबीच विभिन्न १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित चिनियाँ संसद भवन ग्रेट हल अफ दी पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीचको वार्ता पछि सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल र चीनबीच भएका सम्झौता के के हुन् ?

– नेपाल र चीनबीच पारवहन सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाललेचिनियाँ बन्दरगाहसम्मको पौँच पाउने भएको छ । नेपालले समुन्द्री मार्गबाट भारतसँग गर्दै आएको व्यापारको एकाधिकार समेत यो सम्झौताबाट तोडिएको छ । अब नेपालले चीनको ग्वान्झाओस्थित बन्दरगाहबाट तिब्बतको स्वशासित क्षेत्र हुँदै समुन्द्रीमार्गबाट सामान आयात निर्यात गर्न पाउने भएको छ ।

– दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा ग्यास तथा पेट्रोलको अन्वेशण सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरिएको छ ।

– चीनले पोखरा विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ऋण बिना ब्याजमा दिने भएको छ । उक्त सम्झौतामा समेत हस्ताक्षर भएको छ ।

– चीनले नेपालका ३२ हजार घरधुरीलाई सोलार प्यानल अनुदानका रुपमा दिने भएको छ ।

– नेपाल र चीनबीच हिल्सा र तिब्बत जोड्ने पुल बनाउने सम्बन्धमा पनि सम्झौता भएको छ । सम्झौता अनुसार उक्त पुल चीनले निर्माण गरिदिने छ ।

– दुई देशबीचको आर्थिक कारोबारलाई सहज बनाउनका लागि नेपालमा चिनियाँ बैकंका शाखा खोल्नुका साथै चीनमा पनि नेपालका बैंकका शाखा खोलिने भएको छ ।

– चीनको ग्वान्झाओमा नेपालको महावाणिज्य सुतावास निर्माण गरिने भएको छ ।

– चीनले विभिन्न शहर र नेपालका काठमाडौँ, पोखरालगायतका शहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पनि नेपाल र चीनबीच सम्झौता भएको छ ।

– नेपाल र चीनबीच विज्ञान र प्रविधीका क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र चिनियाँ एकडेमिक साइन्सेजबीच पनि सहकार्यका लागि बेग्लै सम्झौता भएको छ ।

– नेपाल र चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी छ । यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।


  •  
  •  
  •