नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

सहयोग परियोजनाको समीक्षा हुँदै
352
  •  
  •  
  •  

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु भएको छ । बैठकमा नेपाल र भारतका सहयोग परियोजनाको समीक्षा हुने बताइएको छ ।

सो क्रममा रेल निर्माण, पेट्रोलियम पाइपलाइन, अरुण तेश्रो जलविद्युत् आयोजना, हालै भारतको काश्मिरमा भएको आतंककारी हमलापछिको अवस्थाका बारेमा छलफल हुन सक्ने स्रोतले बताएको छ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका विदेश सचिव विजय गोखले सहभागी भएका छन् ।

भारतीय विदेश सचिव गोखले बिहीबार बिहान नेपाल आएका हुन् । उनले नेपालमा रहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रायले जनाएको छ ।


  •  
  •  
  •