अनुमति नपाएपछि नयाँ एयरबसको पहिलो उडान नै रद्द

334
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) : गत माघ २५ भित्रिएको नेपाल वायुसेवा निगमको नयाँ एयरबसको पहिलो उडान नै रद्द भएको छ ।

बुधबार नयाँ दिल्लीको लागि टिकट बेचिए पनि भारतसँग सम्झौता नभएकाले उडान रद्द भएको हो । उडान रद्द भएपछि दिल्लीतर्फ उड्न एयरपोर्ट पुगेका यात्रु अलमलमा परेका छन् ।

भारतसँग उडान सम्झौता नै नगरि टिकट बेचेको भन्दै यात्रुहरु आक्रोसित भएका छन् । निगमले दिल्ली उडानको लागि १ सय ३१ टिकट बेचेको थियो । उ

डान रद्द भएपछि निगमले टिकट खरिद गरेका यात्रुहरुलाई अर्काे विमानबाट दिल्ली पठाइने जनाएको छ । निगमका अनुसार अब शुक्रबार नयाँ एयरबसले उडान भर्नेछ । निगमले शुक्रबारसम्म भारतबाट अनुमति हासिल गर्ने जनाएको छ ।

‘सगरमाथा’ नाम दिइएको विमान अन्तर्राष्ट्रिय उडानको लागि निगमले २७ बर्षपछि खरिद गरेको हो । विमानमा विजनेस क्लासका ८ सिट र इकोनोमी क्लासका १ सय ५० वटा सिट छन् । यसको कल साइन ९ एन ए के डब्लु हो ।


  •  
  •  
  •