काठमाडौँ, २९ चैत(ओएनएस) : नेपाल एयरलाइन्सको ९ एनएवियु विमान जुम्ला विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ ।
१६ जना यात्रु बोकेर नेपालगञ्जका लागि उड्ने क्रममा टेकअप गर्नु अघि नै ल्याण्डिङ गेयरको तार चुडिएपछि चालक दलले विमान रोकेर सम्भावित दुर्घटनाबाट जोगाएका थिए । विमानस्थलका प्रमुख पवन श्रेष्ठका अनुसार साढे १ बजे विमान उड्नका लागि ५ सय ४० मिटर गुडेपछि विमानमा समस्या आएको थियो । उक्त विमानलाई रन वे बाट जनपद, शसस्त्र प्रहरी र विमानका कर्मचारीहरुले धकेलेर हटाएका थिए ।
चालक जेके निरौलाको चालक दलले जहाज उडाएको थियो । मंगलबार बिहान तारा एअरको जहाजमा ड्रावोमाइक नामक सामाग्री र इन्जिनियर आएपछि बनाएर उडाउने तयारी भइरहेको जुम्ला विमानस्थलले जानकारी दिएको छ ।
चालक दलको सचेतताका कारण दुर्घटना हुनबाट जोगिएको यात्रुहरुले बताएका छन् ।