सार्वजनिक पद धारण गरेकाले वायुसेवा निगमको विमान मात्र प्रयोग गर्न पाउने

276
  •  
  •  
  •  

Nepal_Airlines

काठमाडौ, २५ साउन (अाेएनएस) : संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गरेका तथा निजामती कर्मचारीलाई हवाई यात्रा गर्दा नेपाल वायुसेवा निगमको विमान मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले गरेको निर्णयसंगै मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले नीजि कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो ।

छिमेकी देश भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति छ ।


  •  
  •  
  •