आईसीसी क्रिकेट लिग टूः नेपाल १७७ रनले विजयी

55
  •  
  •  
  •  

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल १७७ रनले विजयी भएको छ ।जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिँधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट लिए। ७.५ ओभर बलिङ गरेका ललितले २ मेडन राख्दै २० रन खर्चे।

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १४ रन दिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक/एक विकेट आफ्नो नाममा गरे।

जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ । पराजित यूएईले ३४ खेलबाट ३१ अ‌क जोडेको छ । अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।


  •  
  •  
  •