पीएनजीविरुद्ध नेपालको सानदार जित

57
  •  
  •  
  •  

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपाल ५२ रनले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको थियाे ।
पीएनजी २४५ रनमा अल आउट भएपछि नेपाल ५२ रनले विजयी भएको हो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यस शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाकाे अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचाैँ स्थानमा छ । पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाकाे पुछारमा छ । यूएई ३२ खेलमा ३१ अङ्कसहित छैटाैँ स्थानमा छ । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् ।


  •  
  •  
  •