जिम्बावे ‘ए’सँग नेपाल ३ विकेटले पराजित

114
  •  
  •  
  •  

काठमाडौं ।  पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बोवे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।

अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए । ब्राडले २६औं ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।


  •  
  •  
  •