नेपालद्वारा पीएनजी २ विकेटले पराजित

93
  •  
  •  
  •  


काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो।
ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो । ८२-७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहितले ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपाल अविजित ३२ बलमा २२ रन बनाए ।

कुशल भुर्तेल र आसिफ शेख क्रमशः १५ र ३० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए । पवन सर्राफ भने शून्यमै आउट भए ।

पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २र२ विकेट लिए । त्यस्तै,नोसैना पोकनाले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । नेपाल, ओमन र अमेरिकासँगको आईसीसी विश्वकप लिग टु अन्तर्गको सिरिजका लागि अहिले ओमानमा रहेको छ । उक्त सिरिज अघि नेपाली टिमले पीएनजीसँग अभ्यास खेल खेलेको हो ।


  •  
  •  
  •