नेपालले एमसीसीलाई पाँच विकेटले हरायो

70
  •  
  •  
  •  

काठमाडौं । नेपालले मेरिलिबोन क्रिकेट क्लब ‘एमसीसी’ लाई पराजित गरेको छ ।  सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपालले ‘एमसीसी’लाई पाँच विकेटले हराएको हो ।

२ सय २ रनको लक्ष्य नेपालले ३७ ओभरमै भेट्टाएको हो । नेपालका लागि विनोद भण्डारीले ५२ रन जोड्दै अर्धसतकीय इनिङस खेले । भण्डारीसँग नटआउट साझेदारी पवन सर्राफले ३३ रन जोडे ।

शरद भेषवाकर २४, दीपेन्द्रसिंह ऐरीले २३, आरिफ शेख २३ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले दश र इशान पाण्डेले चार रन मात्रै जोडे । शुरुमा ब्याटिङ गरेको ‘एमसीसीले ३९ ओभरमै अलआउट हुँदै २ सय १ रन जोडेको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेल्दै क्रमश ५४ र ५२ रन बनाए ।

यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका लागि राजवंशी र सर्राफले समान चार÷चार विकेट लिए । करण केसी र अबिनास बोहोराले एक÷एक विकेट लिए । खेलमा पारस खड्का र सन्दीप लामिछाने भने सहभागी थिएनन् ।
आइतबार एमसीसीले नेपाली अण्डर नाइन्टिन टोलीलाई ३८ रनले पराजित गरेको थियो । एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेटपनि खेल्दैछ । नेपाली क्रिकेटको बिकासका लागि घोषणा गरिएको लिगेसी टूर अन्तर्गत एमसीसी नेपाल आएको हो ।


  •  
  •  
  •